कुमारी बैंकले भुक्तानी गर्‍यो १० लाख रुपैयाँको बीमा रकम

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, १४ : ५६
कुमारी बैंकले भुक्तानी गर्‍यो १० लाख रुपैयाँको बीमा रकम

काठमाडौं। कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।​

खातावालाको परिवारको तर्फबाट नवलपरासीको कावासोती नगरपालिका  वडा नम्बर २ निवासी लक्ष्मी पाण्डे र उनका श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।​

बैंकका अनुसार उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो ।​नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत रकम भुक्तानी गरिएको हो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ । 

कुमारी बैंकले विगत ४ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस