राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, १२ : २३
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरको मेसु पद एघारौं तहको भए पनि बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्रमोदकुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।

डा. यादव दशौं तहका हुन् । यसअघिका एघारौं तहका मेसु डा. बद्री रिजाललाई भने ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यही साता मन्त्री यादवले आयुर्वेद अस्पताल नरदेवीमा पनि दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस