पौडी खेल्ने क्रममा आँधीखोलामा एक जना बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १२ : २८
पौडी खेल्ने क्रममा आँधीखोलामा एक जना बेपत्ता

पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता भएका हुन् ।

मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका थिए । राना खेल्दा खेल्दै बेपत्ता भएका हुन् । उनी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस