एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १३ : ५०
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र विराटनगरस्थित न्युरो कार्डियो  एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (न्युरो अस्पताल) बिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएकव छ ।

बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस