काठमाडौं। किभ–रुसले बिहीवार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।
खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रुसले दोस्रो आक्रमण गरेको र त्यसबाट तीनजना उद्धारकर्मी हताहत भएको जानकारी दिए ।
उनले अर्को एक आवाशीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।
खार्किबका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीवार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गरे ।
खार्किबसमेत युक्रेनका अरु शहरहरूलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोन मार्फत् आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरुले आफ्ना समर्थक राष्ट्रहरु समक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरुले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् ।
यद्यपि, युक्रेनका लागि अमेरिकी सैनिक सहायता पछिल्लो अवधिमा कम हुँदै गएको छ । अमेरिकी तल्लो सदन कङ्ग्रेसले युक्रेनका लागि प्रस्तावित ६० अर्ब डलरको सैन्य सहायताका बारेमा निर्णय नगरेपछि अमेरिकी सैन्य सहायतामा कमी भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति
युक्रेनले गर्यो रूसविरुद्ध अहिलेसम्मकै शक्तिशाली हमला
युक्रेनसँग सीमा जोडिएका रुसका २ छुट्टाछुट्टै पुल भत्किँदा ७ जनाको मृत्यु, ६९ घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला, १२ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण