सुनको मुल्य आज स्थिर, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १२ : १२
सुनको मुल्य आज स्थिर, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं। आज (आइतबार) नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ। अघिल्लो दुई दिन (बिहीबार र शुक्रबार) नयाँ ऐतिहासिक रेकर्ड राखेको सुनको मुल्य साताको पहिलो स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।