चीनको ‘जीडीआई’बाट नेपालले प्रशस्त लाभ लिन सक्छ : विष्णु पौडेल

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १२ : १०
चीनको ‘जीडीआई’बाट नेपालले प्रशस्त लाभ लिन सक्छ : विष्णु पौडेल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जीडीआई)बाट नेपालले प्रशस्त मात्रामा लाभ लिन सक्ने बताएका छन् ।चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बीएफए) लाई नेपालका तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ ल्याएको जीडीआईबाट नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो ।उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल बताए ।​

 

यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जीडीआई समूहमा सामेल हुने निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस