काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशङ्कामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आइजिपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए ।
महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरूको प्रश्नतर्फ सङ्केत गर्दै उनले भने, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’नेता महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको उनले बताए । तर अदालतले अस्पतालमा राख्नू भनेको र हिरासतमा राख्दा थप समस्या आउन सक्ने भएपछि हाजिरी जमानीमा छाडेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ