काठमाडौं । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेका अनुसार अब अर्को बैठक १८ चैतमा बस्ने छ । १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका छन् ।
सभामुख घिमिरेका अनुसार सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)काे कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछन् । टोलीमा सभामुखसहित ६ सांसद र ३ कर्मचारी सहभागी हुनेछन् ।
सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । टोली १६ गते फर्किने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग