काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज बस्दै छन् । प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूची छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि चैत १ गतेदेखि छलफल सुरु भएको थियो ।
अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिएपछि संसदले सांसदहरुको सुझाव समेटेर प्रतिवेदन बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाइने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
बुधबारको सम्भावित कार्यसूचीमा ऊर्जा तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहको प्रस्तावमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० लाई पारित गर्ने सम्भावित कार्यसूची समेत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज