आज सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १० : ४९
आज सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन बुधबार १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ।

यसैबीच बुधबार चाँदीको मूल्य सामान्य गिरावट भएको छ । मंगलबार तोलामा १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर १ हजार ५२० रुपैयाँमा कारोाबर भएको महासंघको भनाइ छ ।