काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताए ।
उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ भनेर जोडदारसँग उठायो । प्रहरीको नियमित छानविनबाट अनुसन्धान सहि ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालिन प्रतिपक्षको आशंका सही सावित भयो । आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारले धन्यवाद छ आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ’: गगन थापा
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा