काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताए ।
उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ भनेर जोडदारसँग उठायो । प्रहरीको नियमित छानविनबाट अनुसन्धान सहि ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालिन प्रतिपक्षको आशंका सही सावित भयो । आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारले धन्यवाद छ आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा