ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ चैत्र २०८०, ०७ : २५
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप

काठमाडौ । सन् २०२४ का लागि रोजगार  अनुमति  प्रणाली  (इपिएस)  मार्फत  दक्षिण कोरिया जाने  नेपाली  श्रमिकको  कोटामा थप गरेको छ ।

नेपाली   अन्य   देशको   तुलनामा   इमानदार र मेहनती हुुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । 

दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।

शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रकृया छिटोछरितो गरेको भनेर  यो  वर्ष  कोटा  थप  गरेको  जानकारी  दिइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस