हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो : शंकर भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १३ : २५
हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाउँदा पनि आत्मसात नगरेको गुनासो गरे ।

उनले भने, ‘कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति भन्दा पनि माथि विधान सम्मेलन हुन्छ । यो पार्टीको वैधानिक व्यवस्था हो, त्यस्तो ठूलो बैठकको उपस्थिति संख्याभन्दा धेरैले लिखित रुपमा पूर्ण प्रतिस्पर्धासहित हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षरसहित बुझाएका छौं । मलाई कहिलेकाहीँ अचम्म पनि लाग्छ, हाम्रो लोकतान्त्रिक पार्टीभित्र बहुमतको पालना हुनुपर्ने हो । लिखित रुपमा महासमितिको बहुमत सदस्यहरुले बुझाउँदा पनि हाम्रो नेतृत्वले यसलाई आत्मसाt गरेर खुला रुपमा स्वीकारेको छैन । तर, यसले पार्टीलाई क्षति पुग्छ ।’

प्रतिक्रिया दिनुहोस