नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, ११ : २५
नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला

काठमाडौं । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाति गौचरण चमार मृत अवस्थामा फेला परेका छन् । उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए । उनीहरु विगत ४।५ वर्ष अगाडिदेखि खपट्टाले छाएको कच्ची छाप्रोमा बस्दै खेतीपाती गर्दै आएका थिए ।

यक्षलाल एक छोरा, बुहारी र दुई नाति र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीको सिलसिलामा एक-डेढ महिनाअघि भारत गएका थिए । श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातिसँग मात्र बस्दै आएका थिए ।

दुई जनाको शव फेला परेको सूचना पाएपछि प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरुको मृत्युको कारण नखुलेको र तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस