काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले देशका ठूला तथा साना सबै आयोजनाहरुको अवस्था बेहाल रहेको बताएका छन् । आफूहरुले समयमा कुनैपनि पूर्वाधार बनाउन नसकेको भन्दै यसमा सबैको सामूहिक असफलता भएको उनको दाबी छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी हाम्रो पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं । हामी यो सन्दर्भमा चाहे स्थानीय सरकार होस, चाहे प्रदेशको होस वा संघको सरकार होस, चाहे पुल होस, चाहे सडक होस, चाहे राम होस, चाहे हरि होस, जसले जिम्मा लिएपनि, जो कुर्सीमा बसेपनि हामी कसैलेपनि हाम्रो पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं । समथिङ इज रङ । केही न केही कुरा ठीक भैरहेको छैन् । त्यो ठीक गराउने कुरामा हामीसँग एउटा जिम्मेवारी छ, मौका पनि छ ।’ सार्वजनिक खरिद ऐनमा भएका व्यवस्थाबारे पनि आफूहरुले कुरा गरेको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
काँग्रेस नवलपरासीको विवाद मिलाउन महामन्त्री गगन थापालाई जिल्ला सचिवको पत्र
‘सरकारको कामको गति पुगेन’: गगन थापा
संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
पहिला विगतका सम्झौता कार्यान्वयन होस् : गगनकुमार थापा