अरुण पक्राउबारे विनोद चौधरीले पोखे असन्तुष्टि : हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १६ : ४०
अरुण पक्राउबारे विनोद चौधरीले पोखे असन्तुष्टि : हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो

काठमाडौं । उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो भाई उद्योगपति अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेकोप्रति नेपाली कांग्रेस संसदीय दलको बैठकमा असन्तुष्टि पोखेका छन् । 

शुक्रबार नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा आफ्नो भनाइ राख्दै चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाए ।

उनले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराए ।

कांग्रेसका अर्का सांसद सुनिल शर्माका अनुसार चौधरीले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस