बुटवल उपमहानगरपालिकाले ल्यायो नयाँ नगर प्रतीक चिन्ह

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १५ : ०४
बुटवल उपमहानगरपालिकाले ल्यायो नयाँ नगर प्रतीक चिन्ह

बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ ।उपमहानगरले आइतबारदेखि बुटवलको इतिहास झलकसहितको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो।

नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह उपमहानगरले प्रचलनमा ल्याएको छ । प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने छ ।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणी मुकुन्दसेन, बुटवल सहर, तिनाउ नदीजस्ता सङ्केतहरू रहेका छन् । 

प्रतिक्रिया दिनुहोस