एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न समिति गठन

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १६ : २६
एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार महान्यायाधिवक्ताको कार्यालयका सह-महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समितिलाई समयावधि दिएको छ ।

प्रतिक्रिया दिनुहोस