त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

पत्रपत्रिकाबाट

शनिबार, ०६ माघ २०८०, ०७ : ५६
त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौ । त्रिभुवन  विश्वविद्यालयले  यस  वर्ष  भर्ना  भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

विद्यार्थी  भर्नादेखि  परीक्षाको  नतिजासम्म  नियमित नभएको भन्ने आरोप खेपिरहेको त्रिविले समयसीमा नै तोकेर क्यालेन्डर सार्वजनिक गरेको हो । त्रिविमा २०६२-६३ को आन्दोलनपछि शैक्षिक क्यालेन्डर नियमित हुन सकेको छैन ।

शैक्षिक क्यालेन्डरमा वार्षिक तथा सेमेस्टर प्रणाली  अन्तर्गत  सञ्चालन  हुने  स्नातक  तह  र  सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको कार्यव्रmम समावेश छ ।

त्रिविको परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ मा बसेको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्न स्वीकृति दिएको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस