रुपन्देही । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् । पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।
उनीहरूले पार्टीका बर्दिया जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पार्टी परित्यागको पत्र क्षेत्र, प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइएको छ । तर रास्वपाको नगर कमिटीले राजीनामा बुझाएका वडा सभापति प्रेमबहादुर खड्कालाई कारबाही गरेका कारण यस्तो भएको हुनसक्ने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
महाधिवेशनपछि पनि रास्वपा अन्योलमै : सामाजिक लोकतन्त्रको दाबी, संघीयता र संविधानमा अस्पष्टता
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी
रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी, ९ बजे नामावली प्रकाशन गरिने