भारतबाट चामल आयात गर्न सकस

पत्रपत्रिकाबाट

आइतबार, २९ पुस २०८०, ०७ : ५०
भारतबाट चामल आयात गर्न सकस

काठमाडौ । उद्योगी  व्यवसायीले  भारतबाट  चामल  आयात  गर्न  नसकिने  बताएका  छन्  ।  भारत  सरकारले चामल निर्यातमा २० प्रतिशत निर्यात शुुल्क  लगाएका  कारण  तत्काल  आयात  गर्न  नसकिने व्यवसायीले बताएका हुुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक लाख मेट्रिक टन चामल आयातका लागि खुला गर्न भारत सरकारलाई आग्रह गरेको थियो । नेपालको सो आग्रहमा भारत सरकारले ९५ हजार मेट्रिक टन चामल नेपाल निर्यात गर्न अनुमति दिइएको थियो ।

सोही अनुरूप मन्त्रालयले केही समयअघि सूचना  सार्वजनिक  गरी  चामल  आयात  गर्न  निजी क्षेत्रका फर्म-कम्पनीलाई फस्र्ट कम फस्र्ट सर्भिस  विधिका  कारणमा  बढीमा  पाँच  हजार  मेट्रिक टनसम्म खरिद गर्न दिने भनिएको थियो ।

भारत सरकारले निर्यातका लागि तोकेको राष्ट्रिय सहकारी निर्यात लिमिटेडसँग समन्वय गर्न फर्म तथा कम्पनीलाई अनुुरोध गरेको थियो ।

नेपाल चामल तेल दाल उद्योग सङ्घले भने २० प्रतिशत शुुल्क तिरेर चामल आयात गर्दा महँगो पर्ने हुुँदा आयात गर्न नसकिने बताएको छ, खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस