रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री लामा सीआईबी कार्यालयमा

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १२ : १७
रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री लामा सीआईबी कार्यालयमा

काठमाडौँ । अनुयायीहरूलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा पूर्वराज्यमन्त्री लामा पनि छिन् ।

बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भिडभाड भएको थियो । त्यसपछि उनीहरूलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरूलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस