ईपीएसप परीक्षामा थप २० हजारको आवेदन

पत्रपत्रिकाबाट

सोमबार, २३ पुस २०८०, ०७ : ५८
ईपीएसप परीक्षामा थप २० हजारको आवेदन

काठमाडौ । दक्षिण  कोरियाका  लागि  उत्पादनतर्फको  कोरियन  भाषा  परीक्षा (इपिएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् ।

उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुुमति प्रणाली (इपिएस) शाखाले उत्पादनतर्फ पुुनः आवेदन माग  गरेको  थियो  ।  

त्यसमा  त्यो  सङ्ख्याको आवेदन परेको हो । उच्च  अदालत   पाटनले   शुव्रmबार  बालकुमारी  घटनापछि  पानीजहाज  बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन  क्षेत्रको  परीक्षा  आवेदनबाट  वञ्चित  नगराउन आदेश दिएको थियो ।

त्यसपछि गत पुस १६ गते पुुनः आवेदन खुुला गरेको थियो । उत्पादनतर्फ थप आवेदनसहित  अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको इपिएस शाखाले जनाएको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस