सुरक्षण मुद्रणसम्बन्धी भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १६ : २४
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धि भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिने बताएकी छन । देशभित्र नै सुरक्षण मुद्रणसम्बन्धी भरपर्दो र गुणस्तरीय काम गर्नका लागि एक विशिष्टीकृत निकायको स्थापना गरिने उनले उल्लेख गरिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन सुरक्षण मुद्रणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुरक्षण मुद्रणका कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै यसका लागि कानुन बनेपछि बेग्लै संयन्त्र खडा हुने जानकारी दिइन् ।

उक्त केन्द्र स्थापना भए स्वदेशमै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता महत्वपूर्ण सामग्रीको मुद्रण भई राष्ट्रिय पुँजी विदेशिनबाट जोगिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस