यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १६ : ०१
यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला

काठमाडौं । यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ ।

बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । 

घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस