टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष एवं ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठले एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनुपर्ने बताएका छन्।
गत अक्टोबर महिनामा भएको अनलाइन चुनावमा व्यापक धाँधली भएको आरोपको छानबिन गर्नुको सट्टा आफु निर्वाचित भएको दावी गर्दै आएको बद्री केसी समूहले आफुलाई संस्थाको विवाद समाधान गर्न अनुरोध गरे पछि श्रेष्ठले त्यस्तो बताएका हुन्।
यो विवाद चर्कंदै जाँदा विगतको जस्तै अदालत पनि जान सक्ने हुनाले त्यो भन्दा पहिले परराष्ट्र मन्त्रालयले नै निकास दिनु पर्ने उनले बताए।
केसी समूहका उपाध्यक्ष हेम राज शर्मा जापान आएको बेला पूर्वसहकर्मी डा शर्मा लगायतकासँग भेट भएको र सो भेटमा संस्थाभित्र बढ्दै गएको विग्रहका बारेमा छलफल भएको उनले बताए ।
अनलाइन निर्वाचनमा गरिएको योजनाबद्ध धाँधलीको छानबिन गरी दोषीलाई कारवाही गरेर संघको अभियानलाई विश्वासिलो बनाउन श्रेष्ठले जोड दिँदै आएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले छानबिन गरी अनलाइन निर्वाचनमा योजनाबद्ध रुपमा अनियमितता गरिएको प्रमाण नेपाल सरकारलाई बुझाइ सकेको छ। निर्वाचनमा गरिएको अनियमितता सार्वजनिक हुने भयले केसी पक्षले भने उक्त विवाद सुल्झाउन विभिन्न व्यक्तित्वहरुलाइ अनुरोध गर्न थालेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज