नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन् : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, २१ : २२
नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा पुर्याउने तयारी गरेको बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान सरकार नरोकिने सुनाए ।

उनले भने, ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।’

नेपालको इतिहासमा आफू नेतृत्वको सरकारले जस्तो अरु कसैले अहिलेको जस्तो भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि नचलेको जिकिर गरे । पहिलो पटक माओवादीको नेतृत्वमा भ्रष्टाचारविरुद्धको आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको उनको भनाइ छ ।

उनले मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस