एनएसएलमा आज इलाम र बुटवल लुम्बिनी भिड्दै

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, ०९ : ०८
एनएसएलमा आज इलाम र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदैछ। 

खेल दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ। इलाम दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। लुम्बिनी भने पहिलो जितको खोजीमा छ।

दुई खेलबाट ३ अंकसहित इलाम अंकतालिकाको छैटौं स्थानमा छ। लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुच्छारमा छ। 

यसअघि हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी तथा पोखरा थण्डर्स र झापा एफसीले बराबरी खेल्दै अंक बाँडेका थिए। 

प्रतिक्रिया दिनुहोस