सामाजिक सुरक्षा कोषमा साढे चार लाखभन्दा बढी श्रमिक आबद्ध

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, ०७ : ५३
सामाजिक सुरक्षा कोषमा  साढे  चार  लाखभन्दा  बढी  श्रमिक आबद्ध

काठमाडौ । वैैदेशिक  रोजगारीमा  गएका  साढे  चार  लाखभन्दा  बढी  श्रमिक  योगदानमा  आधारित  सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् ।

आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ देखि मङ्सिर ५ सम्मको हो ।

कोषका  अनुसार  यसरी  कोषको  योजनामा  आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा  रोजगार  र  स्वरोजगार  रहेका  श्रमिकको  उक्त   योजनामा   उत्साहजनक   सहभागिता   भएको बताए । गोरखापत्रमा खबर छ ।