सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु , चिकित्सकको लापरबाही भएको आफन्तको आरोप

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १२ : ००
सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु , चिकित्सकको लापरबाही भएको आफन्तको आरोप

धनगढी । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएको छ । हिजो (मंगलबार) राति शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले उक्त शिशुलाई जन्म दिएकी थिइन् ।

त्यस्तै अस्पताल शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् । शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले अस्पताल घेराउ गरेका हुन् ।

सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस