झापा । झापाको मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहित कुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले रोहित कुमार पोदारलाई मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्रामसहित पक्राउ गरेको हो । साथै प्रहरी चौकी टाघनडुब्बा र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले कमला राउतलाई झापा गाउँपालिका-४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ