काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहारको अवसरमा सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ ।नेपाली समाजमा छोरीलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन क्याम्पेन सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्याउने बैंकको लक्ष्य रहेको छ ।
यस अभियानअन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरूले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियोमार्फत उजागर गर्न आग्रह गरेको छ ।
यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरू मध्ये उत्कृष्ट तीन (३) भिडियोलाई क्रमशः रु ५०,०००, ३०,००० र १५,००० नगद पुरस्कारबाट पुरस्कृत गरिने बैंकले जनाएको छ ।सहभागीहरूले भिडियो पोस्ट गर्दा बैंकलाई #laxmisunriseutsab ट्याग गरी ह्यास्ट्याग पनि प्रयोग गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने
लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित
लक्ष्मी सनराइज बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने