काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको लोकतन्त्र, गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिराखेको दाबी गरेकी छन् । शनिबार ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका होनहार व्यक्तित्वहरूले सहदातप्राप्त गरेर ल्याएको व्यवस्था लोकतन्त्र र गणतन्त्रप्रति प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको दाबी गरेकी हुन् ।
उनले भनिन्, ‘यत्रो बलिदान गर्यौँ । कीर्तिपुरसहित देशभरका होनहार व्यक्तित्वहरूले सहदात प्राप्त गरेर व्यवस्था प्राप्त गर्यौँ । त्यो व्यवस्था, लोकतन्त्र, गणतन्त्रप्रति फेरि पनि यहाँ प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको हामीले देखिरहेका छौँ ।’
मन्त्री शर्माले हिजोको निरंकुशता नभोगेका र नदेखेकाले व्यक्ति र दलहरुले यो व्यवस्थालाई उल्ट्याउने र हिजै ठिक थियो कि भन्ने जस्तो भाव सिर्जना गर्ने ढङ्गले विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्दै जनताको बीचमा गइरहेको बताइन् ।
उनले भनिन्, ‘जसले हिजोको निरंकुशता भोगेन, उनीहरु आज बरु विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्ने ढङ्गले जनताबीच गइरहेको बेलामा कीर्तिपुरवासीको हिजोको ऊर्जा प्रगति, लोकतन्त्र र गणतन्त्रको पक्षमा फेरि आवश्यक भएको छ । देशव्यापी रुपमा उठ्नुपर्ने आवश्यकता भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छ : मन्त्री शर्मा
सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशील : मन्त्री शर्मा
कानून निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ: मन्त्री शर्मा
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैनः मन्त्री शर्मा
ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छ : मन्त्री शर्मा
सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित गणतन्त्रलाई कसैले चुनौती दिन सक्दैन : मन्त्री शर्मा