भूकम्पबाट घाइते भएका जाजरकोटका टेकबहादुर पुनको भेरी अस्पतालमा मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १३ : ५२
भूकम्पबाट घाइते भएका जाजरकोटका टेकबहादुर पुनको भेरी अस्पतालमा मृत्यु

काठमाडौं। हेलिकप्टरबाट थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुर्‍याएको पाँच मिनेटमै एक जना घाइतेको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ पालीका ३३ वर्षीय टेकबहादुर पुनको मृत्यु भएको हो ।

 

उनलाई १२/१५ मा अस्पतालमा लगिएको भए पनि अस्पताल पुर्‍याएको पाँच मिनेटमै उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

गएराति जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ । दिउँसो पौने एक बजेसम्म जाजरकोट र रुकुम पश्चिममागरी १३६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस