नेपाललाई दोस्रो झट्का, सोमपाल कामी १२ रन जोडेर आउट

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, ११ : २४
नेपाललाई दोस्रो झट्का, सोमपाल कामी १२ रन जोडेर आउट

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा ओमानविरुद्ध नेपाललाई दोस्रो झट्का लागेको छ ।५ ओभरभित्र नेपालले आशिफ शेख र सोमपाल कामीको विकेट गुमाएको हो । ८ बल खेलेका आशिफ ५ र ९ बल खेलेका सोमपाल १२ रन जोडेर आउट भए ।यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा २ विकेट गुमाएर ३७ रन जोडेको छ ।

 

 

कीर्तिपुरमा नेपालले १४६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको हो ।यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ ।यद्यपि नेपाल र ओमान दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।समूह विजेताले अर्को समूहको दोस्रो र उपविजेताले पहिलो टीमसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।

अर्को समूहमा यूएई, हङकङ र बहराइन सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस