लेक्स कियर नेपाललाई एनआरएनको सहयोग

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १४ : ०४
लेक्स कियर नेपाललाई एनआरएनको सहयोग

लण्डन। बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्। लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैंया शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ ।

बेलायतबाट संचालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्वसको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् ।

यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन् ।लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ ।

संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस