कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, ०७ : ३४
कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीहरुलाई आजदेखि नागरिकता वितरणको शुभारम्भ गर्न लागेका छन् । 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ८ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

पहिलो गैरआवासीय नेपाली नागरिकता वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस