विश्व बैंक र आईएमएफको बैठकमा सहभागी बनेर स्वदेश फर्किए अर्थमन्त्री

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ११ : ४०
विश्व बैंक र आईएमएफको बैठकमा सहभागी बनेर स्वदेश फर्किए अर्थमन्त्री

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशसरण महत स्वदेश फर्किएका छन् । अर्थमन्त्रीको नेतृत्वमा मोरोक्कोको माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो ।

अर्थमन्त्री विश्व बैंकको र राष्ट्र बैकका गभर्नर आइएम एफको पदेन गभर्नर रहने व्यवस्था छ । त्यसैगरी, अर्थ सचिव विश्व बैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको बैकल्पिक गभर्नर रहने व्यवस्था छ ।

यो बैठकमा वर्षभरिको कार्यसम्पादनमा देखिएका समस्या तथा हाँसिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल हुन्छ।

 

बैठकमा संसारभरका विभिन्न देशका अर्थमन्त्रीहरु विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी हुने यी वार्षिक बैठकहरुको साइडलाईनमा सहभागीबीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त हुन्छ ।

नेपालले साइडलाइनमा आइएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटी, कोरियाका उप प्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युंग हो, युरोपियन युनियनका कमिसनर जुट्टा उर्पियालिनेनको सहभागीता थियो ।

 

यस्तै, आइएमएफका डेपुटी म्यानेजींग डाइरेक्टर बो ली, विश्वबैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विश्वबैंककै विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निशिओसँग फरक–फरक दिन र समयमा भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस