अध्यक्षको नेतृत्वमा एमालेको सिंगो गाउँ कमिटी नै एकीकृत समाजवादीमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १६ : २९
अध्यक्षको नेतृत्वमा एमालेको सिंगो गाउँ कमिटी नै एकीकृत समाजवादीमा प्रवेश

बुटवल। नेकपा एमाले रोहिणी गाउँ कमिटी रूपन्देहीका अध्यक्ष सुनिल कौशलको नेतृत्वमा सिंगो गाउँ कमिटी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ ।​कौशलसहितको टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरेका छन् ।

 

गाउँ कमिटीका पदाधिकारीसँगै ५ वडामा रहेका शाखा कमिटीका अध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तर्गत नेताहरू रुपन्देही आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस