काठमाडौं । काठमाडौं उपत्यकासहित तीनवटा प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
‘बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा बिहान साढे ३ बजेदेखि वर्षा भइरहेको छ’, उनले भने, ‘राति उपत्यकाभर वर्षा भएको देखिए पनि अहिले भने कतै कतै मात्र पानी परिरहेको छ।’
उनका अनुसार काठमाडौं उपत्यकामा पानी पर्ने क्रम अझै एक/दुई घण्टा जारी रहनेछ र त्यसपछि बिस्तारै कम हुँदै जानेछ।
‘तर फेरि दिउँसो वर्षा हुने सम्भावना छ’, मौसमविद् लामिछानेले भने, ‘भारी वर्षाको सम्भावना छैन, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। दिउँसोलाई भारी वर्षा सम्भावना भने महाशाखाले देखाएको छैन।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह