मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा सडक अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, २० : २२
मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौँ । मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ ।

शुक्रबार साँझ सडक खण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो पन्छाउन प्रहरीको टोली त्यसतर्फ पठाइएको छ ।

बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडक-खण्डमा पटक-पटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडक खण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् ।

प्रतिक्रिया दिनुहोस