लुम्बिनी विकास कोषका उपाध्यक्षले गरे बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १९ : ५४
लुम्बिनी विकास कोषका उपाध्यक्षले गरे बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण

भैरहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। शुक्रबार बुद्धले २९ वर्ष विताएको प्राचिन तिलौराकोट दरबार क्षेत्रसहित कपिलबस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन्।

तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै बुद्धको जीवनमा निकै महत्वपूर्ण स्थलका रुपमा रहेको यसको विकासमा ध्यान दिने बताए। उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउने तर्फ ध्यान दिने बताए।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले प्राचिन शाक्यहरुको राजधानी कपिलबस्तु निकै महत्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरुलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए। उनले तिलौराकोट दरबारमा तत्तकाल दुवै साईडमा रहेका झाडी, बुट्यानहरुको सरसफाई, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने बताए। 

प्रतिक्रिया दिनुहोस