काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ-आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति भवनमा आयोजित बेग्ला-बेग्लै विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्न र भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाईले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित थिए। यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
चुनावपछि राष्ट्रपति फेरिन्छन् त, संविधानले के भन्छ ?
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै