काठमाडौं। फैसला चरणमा रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।
प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ । त्यसैले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुनवाइ हुन सक्ने देखिन्छ । सन्दीपका वकिलहरु भने आजै फैसला होस भन्ने पक्षमा छन् ।
यसअघि यो बहुचर्चित मुद्दामा अनेकपटक पेसी चढेर सुनवाइ स्थगित हुँदै आएका छन् । एकपटक सुनवाइ भएर पनि न्यायधीसले हेर्दा हेर्दैमा नराखेपछि बहस रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप