काठमाडौ । कास्की प्रहरीले आज बिहान एक महिलाले भित्री वस्त्र (ब्रा) भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको छ।
बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकश जोशीका अनुसार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो।
विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको उनले बताए।
डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन्।
महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ। पोखरामा सुनको माग अत्यधिक छ। तर, नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्र बजार पठाउँछ। त्यसको थोरै मात्रा मात्र पोखरा आइपुग्छ।
त्यसैले पोखराका व्यवसायीहरुले एक तोला अर्थात् १० ग्राममै ६ हजार रुपैयाँभन्दा बढी मूल्य तिरेर सुन किन्ने गरेको व्यवसायीहरु अनौपचारिक कुराकानीमा बताउँछन्। ‘अहिले भने हामीले तोलामा ३ हजार रुपैयाँ मात्र बढी तिरेर सुन किनिरहेका छौं,’ ती व्यवसायीले अनौपचारिक कुराकानीमा भनेका छन्,‘बजार एक क्विन्टल सुनको चर्चा छ, बाहिरी बजारमा धेरै सुन भएर नै यो अवस्था आएको हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि