बलात्कारकाे आरोप लागेका ब्यवासायी प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

सोमबार, २२ साउन २०८०, ०८ : १८
बलात्कारकाे आरोप लागेका ब्यवासायी प्रहरी नियन्त्रणमा

महाेत्तरी । महोत्तरीको बर्दिबासमा बलत्कार प्रयासको घटना सार्वजनिक भएको छ ।

पिडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलत्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि याे घटना सार्वजनिक भएको हो ।

गत साउन १६ मा पिडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाइ अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतवार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ ।

पीडित भनिएकी युवती आरोपित गौतमको किराना पशलमा काम गर्ने गरेको थिइन । पसलमा बसिरहेको वेला गौतमले बलत्कार प्रयास गरेको ती पीडित युवतीको आरोप छ । उमेरले १७ बर्ष मात्र भएकी ती युवतीले काम गर्न लागेको १ महिना मात्र भएको थियो । `सुरुदेखी नजिक हुने र संवेदनशिल अंगहरुमा छुने गर्दथे,´ उनले भनिन । युवतीकाे परिवारका अनुसार आरोपित भनिएका गौतमले गरेको यौन हर्कतको बिषयमा १५ गते थाहा भएको र १६ गते उजुरी दिइएकाे जनाएका छन ।

`पैसाको लोभ देखाएर पटकपटक यौन प्रस्ताव पनि राख्दा रहेछन,´ पिडित युवतीका मामाले भने, ` हामीलाइ पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौ गर भने पछि हामी प्रहरीकाेमा पुगेका हाैं ।´  उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको वेला जवर्जस्ती गर्ने प्रयास गरेको पिडित युवतीले वताएकी छन ।

छोरीमाथी भएको अन्यायको लागी न्यायको लडाइ लडिरहेको र न्याय दिलाइदिन पिडितका वुवाले अपिल गरेका छन ।

पसलको सिसिटीभी फुटेज नै फर्म्याट

युवतिमाथी गरिएका यौन हर्कतको प्रमाण नष्ट गर्ने उदेश्यले सिसिटिभी फुटेज नै फर्म्याट गरेको पाइएको छ ।

प्रहरीले थप प्रमाण बटुल्न सिसिटिभीमा कैद भएको भिडियो चेकजाँच गर्ने क्रममा डिलेट गरिएको पाइएको हो । अहिले गौतमको पसलमा भएको सिसिटिभीको हार्ड डिस्क प्रहरीले नियन्त्रण लिएको छ । हार्ड डिस्क रिकभरको प्रक्रियामा रहेको इलाका प्रहरीले जनाएको छ ।

यता आरोपित गौतमले भने आफ्नो काम गर्ने कर्मचारीलाइ कुनै पनि यौनजन्य कार्य नगरेको प्रहरीलाइ बयान दिएका छन ।  बिदेश जाने तर्खर गरेको र पैसाको लागि आफुलाइ सुनियोजित रुपमा फसाइएको बयान दिएको प्रहरी स्रोतले वताएको छ । यदपी कसैलाई अन्याय नहुने गरी छानविनलाई निष्कर्षमा पुर्‍याउने प्रहरीको भनाइ छ ।