हेटौंडा । बागमती प्रदेश सरकारले २ जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वास्थ सेवा तर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।
उनका अनुसार बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो । ऐन अनुसार सो तह प्रदेश सचिव सरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यस अघि नै ऐन अनुसार दुई जनालाई ११ औं तहमा बढुवा गरि पद्स्थापन गरिसकेको छ ।
यो निर्णयसँगै प्रदेश सरकारमा ४ जना सचिव नियुक्त भएका छन् । बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा