शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे दुई अर्ब

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १५ : ४६
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे दुई अर्ब

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावटले साताको कारोबार सुरुवात भएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा कायम भएको छ ।

आजको दिन बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ । गत साता पनि लगातार घट्दै आएको बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ ।

आजको कारोबारमा सर्वाधिक नाफा पिपुल्स पावर लिमिटेड, सुपर माई हाइड्रोपावर लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर२०८० रहेका छन् । भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्था सर्वाधिक घाटामा रहेका छन् । उपसमूहतर्फ म्युचुअल फण्डबाहेका बाकि १२ बटै समूहको सेयरमुल्य घटेको छ ।

त्यसैगरी कारोबारका आधारमा सिभम सिमेन्टस १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस