कालिखोलामा लेदो सहितको पहिरो खस्दा, नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

रासस

आइतबार, १४ साउन २०८०, १० : ४७
कालिखोलामा लेदो सहितको पहिरो खस्दा, नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको  टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस